बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • समाचार
  • देउवाले लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरेको भए पार्टीमा दु’र्घटना हुन्छ : शेखर कोइराला
समाचार

देउवाले लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरेको भए पार्टीमा दु’र्घटना हुन्छ : शेखर कोइराला

काठमाडौं ।

काँग्रेस नेता शेखर कोइरालाले पार्टीमा लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दु’र्घटना हुने बताएका छन् ।

विज्ञापन

बुधबार आफू निकटको बैठकमा ४ बुँदे धारणा राख्दै उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न पनि गरेका छन् ।

विज्ञापन

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ र तर के मापण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो रु हामी जान्न चाहन्छौँ’, उनको ४ बुँदेमा भनिएको छ, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ ।

विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?

उनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको पनि बताएका छन् ।

उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस