काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुकको कमेन्ट गर्न नमिल्ने बनाएका छन् । आफ्नै कार्यकर्ताले समेत खेद्न थालेपछि उनले कमेन्ट अफ गरेर पोस्ट गरेका छन् ।
विज्ञापन
मंगलबार देउवालाई साथ दिएपछि सामजिक सञ्जालमा उनीविरुद्धको अभियान नै चलेको छ । उनका हरेक पोस्ट्मा कार्यकर्ताहरूले खेदो खनेका छन् ।
विज्ञापन
यसैबिच उनले कमेन्ट गर्न नमिल्ने बनाएर फेसबुकमा सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् । उनको उक्त पोस्ट्मा कमेन्ट गर्न मिल्दैन ।
नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनीलाई सामाजिक सञ्जाल र मिडियाले नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि उनले फेसबुकको कमेन्ट सेक्सन नै अफ गरेका हुन् ।
सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि सभापतिमा निर्वाचित भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु