सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • जब गगन थापाले देउवाकै अगाडि ‘साथीहरु परिवर्तनको पक्षमा भोट हाल्नुस्’ भनेपछि…
समाचार

जब गगन थापाले देउवाकै अगाडि ‘साथीहरु परिवर्तनको पक्षमा भोट हाल्नुस्’ भनेपछि…

नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलवार साझ अबेरसम्म मतदान चलिरहेको छ । दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएदेखि नै राति ८ बजेसम्म सभापतिका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल राष्टिय सभागृहको गेट नजिकै अड्डा जमाएर बसेका छन् ।

 

विज्ञापन

एकातिर डा. शेखर कोइराला लगायतको प्यानल उभिएरै भोट मागिरहेको छ भने अर्को तर्फ देउवा कुर्सीमा बसेर भोट मागिरहेका छन् । देउवाले भ्याएसम्म सबै मतदातालाई नमस्कार फर्काइरहेका छन् ।

विज्ञापन

 

 

केहीबेर दोस्रो चरणको चुनावमा समर्थन गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधिसँग उभिएर हात उठाउँदै कार्यकर्तालाई अभिवादन गरिरहेका देखिन्छन् । दुवै पक्षले कार्यकर्तालाई फकाउने प्रतिस्पर्धा गरेका छन् ।

यसैक्रममा देउवाले सुन्ने गरी कार्यकर्तालाई ‘साथीहरु यसपटक परिवर्तनको पक्षमा भोट हाल्नुस् है !’ भनेपछि सभापतिका प्रत्यासी देउवाले गगनतिर हेरेर हाँसे ।

 

 

दुवै पक्षबीच एकले अर्कोले सुन्ने गरी भोट माग्ने प्रतिष्पर्धा चलिरहेको छ । देउवासँग उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्का उभिएर भोट मागिरहेका छन भने शेखरसँगै चन्द्र भण्डारी, गगन थापा, मीनेन्द्र रिजाल लगायत उभिएर भोट मागेका छन् ।
पहिलो चरणमा भएको मतदानमा कसैले बहुमत ल्याउन नसकेपछि कांग्रेस सभापतिको लागि दोस्रो चरणको निर्वाचन भएको होे । मंगलवार राति ८ बजेसम्म ३ हजार ८ सय मत खसिसकेको छ । सोमवारको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस