नेपाली कांग्रेसको संस्थापन इतरका केन्द्रीय सदस्यले सभापति पदमा रामचन्द्र पौडेललाई अगाडि सार्ने निर्णय गरेको छ ।
विज्ञापन
प्रकाशमान सिंहलाई समेत मनाएर साझा उम्मेदवार बनाउने सहमति बिहीवार बिहान भएको छ ।
विज्ञापन
प्रकाशमानले नछाडे शेखर कोइराला पनि सभापतिको उम्मेदवार हुनेछन् ।
अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहरूको बैठकले पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।
प्रकाशमान सहमत भएमा सभापतिको दाबी गरिरहेका उनीसहित डा. शेखर कोइराला, शशांक कोइराला पदाधिकारीमा समेटिने छन् ।
पदाधिकारी दाबी गरेका नेताहरूले सहमतिका लागि आफूहरू केन्द्रीय सदस्यमा बस्न राजी रहेको बताएका थिए ।
बहुसंख्यक केन्द्रीय सदस्यको आग्रहपछि प्रकाशमान दबाबमा परेका छन् । कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ ।
संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु