आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • रामचन्द्रलाई साझा उम्मेदवार बनाउने शर्तमा शेखरले छाडे सभापतिको दाबी
समाचार

रामचन्द्रलाई साझा उम्मेदवार बनाउने शर्तमा शेखरले छाडे सभापतिको दाबी

नेपाली कांग्रेसको संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् ।

 

विज्ञापन

पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न तयार भएका हुन् ।

विज्ञापन

 

 

अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्यहरूले प्रकाशमान सिंह समेतलाई मनाएर साझा उम्मेदवार बनाउने निर्णय गरेका थिए । प्रकाशमान उम्मेदवार बन्ने अवस्थामा भने रामचन्द्रको सट्टा डा. शेखर कोइराला उम्मेदवार बन्ने सम्भावना छ ।

 

‘प्रकाशमानलाई समेत मनाएर सभापतिको साझा उम्मेदवारको रूपमा पौडेललाई अघि सार्ने सहमति भएको छ, प्रकाशमानले नमाने आ–आफ्नै ढंगले लड्ने कुरा भएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

सभापतिमा लड्न भन्दै शेखरले लामो समयदेखि तयारी गर्दै आएका छन् ।

रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार बनेमा सभापतिको दाबी गरिरहेका शेखर, प्रकाशमान र डा. शशांक कोइराला पदाधिकारीमा बसेर साझा प्यानल बनाउने तयारी छ ।

कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ । संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस