शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • सभापतिमा आफैं उठ्नेगरी छुट्टै ‘टिम’ घोषणा गर्ने ‘तयारी’मा कृष्ण सिटौला
समाचार

सभापतिमा आफैं उठ्नेगरी छुट्टै ‘टिम’ घोषणा गर्ने ‘तयारी’मा कृष्ण सिटौला

भोलि मंसिर २४ गते काठमाडौंमा सुरु हुने कांग्रेसको १४आौं महाधिवेशनका लागि आआफ्ना समूहबाट उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले पनि छुट्टै प्यानल घोषणा गर्ने तयारी गरेका छन्।

आज (बिहीबार) बिहान सिटौलानिकट नेताले  गरेकाे दाबीअनुसार सभापति पदमा सिटौला, महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवार बन्नेगरी आज प्यानलै घोषणा गर्ने तयारी गरिएको हो।

विज्ञापन

‘हाम्रोतर्फबाट प्यानलै घोषणा गर्ने तयारी छ’, उनले भने, ‘दिउँसो पत्रकार सम्मेलन राखिएको छ।’

विज्ञापन

नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पनि आज दिउँसो ३ बजे विश्वास कम्प्लेक्स (गौशाला) मा भेला आयोजना गरिने जानकारी दिए। तर उनले प्यानल घोषणा हुन पनि सक्ने, नहुन पनि सक्ने बताएका छन्।

‘हाम्रो भेला हो। अहिले नै प्यानल घोषणा भन्ने छैन। तर त्यो हुन पनि सक्छ’, उनले  भने, ‘हामी छुट्टै जाने भन्ने नै हो।’

सिटौलानिकट अर्का नेताले चाहिँ आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा उम्मेदवारीबारे सहमति जुटाउने सक्दो प्रयास गरिने तर सहमति भएन भने नेता सिटौलाले छुट्टै प्यानल घोषणा गर्ने तयारी रहेको बताए।

‘आज बिहान साढे ११ बजे केन्द्रीय समितिको बैठक बस्दैछ, त्यहाँ पदाधिकारीलगायत विषयमा छलफल हुन्छ’, ती नेताले  भने, ‘सहमति भयो भने भइहाल्यो, कृष्ण दाइ लागिरहनुभएको छ, नत्र छुट्टै टिम घोषणा हुन्छ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस