शनिबार, पुस ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘अरुले महाधिवेशनमा भाडाका मान्छे किनेर ल्याए भने, तर सबै नाचिरहेका थिए’
समाचार

‘अरुले महाधिवेशनमा भाडाका मान्छे किनेर ल्याए भने, तर सबै नाचिरहेका थिए’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा लाखौँ मानिसहरु स्वत:फुर्त आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शुक्रबार पदभार ग्रहण गर्दै ओलीले यस्तो बताएका हुन्।

विज्ञापन

उनले महाधिवेशन अत्यन्त सफल रहेको बताउँदै लोकतान्त्रिक विधि अनुसार, सहमति, सर्वसम्मति र निर्विरोधका अभ्यास पनि गरेको स्पष्टीकरण दिए।

विज्ञापन

तिनै अभ्यासको परिणाम पनि राम्रो आएको उनले बताए। ओलीले महाधिवेशनको उद्घाटनमा मानिसहरु उत्साहपूर्वक सहभागी भएको बताए।

‘कतिपयले भाडाका मान्छे ल्याए, किनेर मान्छे ल्याए भनेछन्’, उनले भने, ‘तर उनीहरु आफैँ आफैँ नाचिरहेका थिए। बाटा बाटामा आफैँ खानपिनको प्रबन्ध गरेका थिए।’

उनले एमाले महाधिवेशनमा जस्तो जनसहभागिता अहिलेसम्म कहिल्यै नभएको पनि बताए। ‘त्यस्तो जनसहभागिता अहिलेसम्म कहिले भएको थिएन’, उनले भने, ‘प्रधानमन्त्री लगायत विभिन्न पार्टीका नेताहरुले शुभकामना दिनुभयो। देशका सबै ठाउँबाट मानिसको सहभागिता भयो।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस