मङ्लबार, कार्तिक २४, २०८३
  • होमपेज
  • समाचार
  • आगामी निर्वाचनमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाउछौँ : अध्यक्ष नेपाल
समाचार

आगामी निर्वाचनमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाउछौँ : अध्यक्ष नेपाल

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाएर छाड्ने दाबी गरेका छन् ।

विज्ञापन

डाक्टर,ईन्जिनियर सहित ११ भक्तपुरका अगुवाको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताउदै सो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरुको लहर बढेको बताएका छन् ।

विज्ञापन

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, देशव्यापी रुपमा निर्वाचनको मैदानमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाउछौँ । उहाँको पार्टीमा बिधि र पद्धति ,क्षमता र योगदानको आधारमा सबै नेता र कार्यकर्ताको उचित मुल्यांकन हुने समेत बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस