सौराहा ।
नेकपा (एमाले)मा पूर्वमाओवादीबाट आएकाहरूले अध्यक्ष केपी शर्मा ओलीले जे जिम्मेवारी दिन्छन् त्यही लिने तयारी गरेका छन् ।
विज्ञापन
पूर्वमाओवादीबाट आएकाहरू कोही पनि जिम्मेवारीबाट बाहिर नपरून् भनेर नेताहरूले लबिङ गरिरहेका छन् । त्यसका लागि आज टोपबहादुर रायमाझी र लेखराज भट्ट ओलीलाई भेट्न गएका छन् ।
विज्ञापन
“हाम्रो यो पद चाहिन्छ भन्ने कुनै अडान र आग्रह छैन, सहमतिमै हुनुपर्छ भन्ने हो,” पूर्वमाओवादीबाट आएका एक नेताले भने, “टोपबहादुर रायमाझी र लेखराज भट्टले भेट्नुभएको छ । के कुरा भयो भन्ने अझै आइसकेको छैन ।”
निर्वाचनबाट सबैलाई समेट्न सम्भव नभएको ती नेताको भनाइ छ । पूर्वमाओवादीबाट आएको समूह पार्टी बलियो बनाउन सहमतिको विकल्प खोज्नु हुँदैन भन्ने पक्षमा छ ।
फेसबुक प्रतिक्रियाहरु