आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए , तर ती नायक होइन, खलनायक परेछन् : प्रचण्ड
समाचार

केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए , तर ती नायक होइन, खलनायक परेछन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीभन्दा कुनै हकमा कम नरहेको बताएका छन्।

कैलालीको भजनी नगरपालिकाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनले यस्तो बताएका हुन्।

विज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रचण्डले ‘खलनायक’ को आरोप लगाएका छन्।

विज्ञापन

‘कम्युनिष्टलाई एक गरे पछि देशमा राजनीतिक स्थायित्व भएर छिटो छिटो विकास होला भन्ने सपना देखेको थिए,’ प्रचण्डले भने, ‘केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए । तर ती नायक होइन, खलनायक परेछन् ।’

अध्यक्ष दाहालले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताएका छन्। ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी गरेका छन् ।

‘ओलीले मैले भनेको केही मानेनन्। अघिल्लो सरकारले उल्टो मात्रै काम गरेको थियो’, उनले भने, ‘अहिले पाँच दलीय गठबन्धन छ। यो गठबन्धनले जनताको हितमा काम गर्छ। अहिले पनि म बलियो छु। अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि छैन।’

उनले गठबन्धन अझै बलियो बन्दै गएको पनि बताए। सरकारले काम थालेकाले गठबन्धन अझै लामो समय जाने उनले बताए।

‘गठबन्धन अझै बलियो भएको छ। अब सरकारले जनताको हितमा काम गर्दै जानेछ’, उनले भने, ‘अर्को कुरा माओवादी मात्रै हो मधेसको वास्तविक पार्टी। कैलाली जिल्लाका सबै जनता पनि प्रष्ट हुनेछन्। अहिले ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तो भएको छ। सक्कली नेताहरु मधेसी मात्रै हुन् भन्ने भ्रम थियो। तर अब माओवादीको पक्षमा देशभरी लहर देखिएको छ।’

भजनी नगरपालिकाका समस्याहरु समेटेर जनप्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए।

भजनीका बाढीपीडितलाई राहत उपलब्ध गराउन सरकारसंग पहल गर्ने प्रचण्डले आश्वासन दिए।

‘जनताका अगाडि प्रचण्डले बोलेका काम नगर्ने कसम खाए, ओलीले। त्यसो हुनाले बालुवाटारबाट बालकोट पुग्नु परेको हो,’ उनले भने, ‘तर यस पटक त्यसो हुँदैन।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस