आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • जाजरकोटमा एमाले परित्याग गरेर ४० जना एकीकृत समाजवादीमा प्रवेश
समाचार

जाजरकोटमा एमाले परित्याग गरेर ४० जना एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) ले जाजरकोटको कुशे गाउँपालिकामा गापा स्तरीय बृहद कार्यकर्ता भेला सम्पन्न गरेको छ।

विज्ञापन

पार्टीका उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतित्थ्यतामा सम्पन्न भेलाले कृष्णबहादुर सिंहको नेतृत्वमा ६९ सदस्यीय गाउँ कमिटीको घोषणा गरेको छ।

विज्ञापन

गम्म बहादुर सिंहको अध्यक्षता तथा डम्बर सिंहको सन्चालनमा आयोजित भेलालाई पार्टी उपमहासचिव ज्वालाले सम्बोधन गरेका थिए।

उपमहासचिव ज्वालाले पार्टीले किन बिद्रोह गर्नु पर्यो ? पार्टीको रणनीतिक र तात्कालिक तक्ष्य के हो ? पार्टी कस्तो बनाउने ? कायर्कर्ताले कस्ता कस्ता कार्यहरु गर्नेरु आगामी निर्वाचनमा पार्टीको हैसियत कस्तो हुने ? यावत विषयका प्रकाश पारेका थिए।

बाग्लो उपस्थिति रहेको कार्यक्रममा उपमहासचिव ज्वालाले कम्युनिष्ट आन्दोलनको मुल प्रवाहका रुपमा अघि बढिरहेको एकीकृत समाजवादीले आगामी निर्वाचनमा प्रतिगनमलाई परास्त गर्ने दाबी गरे।

उनले लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र वैज्ञानिक समाजवादको झण्डा एकीकृत समाजवादीले उठाएको बताउँदै सबैलाई गोलबद्ध हुन अनुरोध गरेका छन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष कृष्ण बिसि, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य पदम रोकाय, कमान खड्का, गङ्गा शाही, मान बहादुर बुढा, तप्त हमाल, प्रदिप खड्कालगायतका नेताहरुले सम्बोधन गरेका थिए।

हालै सम्पन्न नेकपा एमाले कुशे गाउँ कमिटीका उपाध्यक्ष कृष्ण बहादुर सिंह, सचिव कबिन्द्र जैसीसमेतका ४० जना सदस्य सहित १, ३, ४ लगाएतका वडा कमिटीहरु समाजवादीमा समाहित भएका छन्।

त्यस्तै तिलक नेपाली, मधुकर जैसीसमेतका ११ जनाले कांग्रेस परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन्। बिभिन्न पार्टीबाट समाजवादीमा समाहित हुनेहरुलाई उपमहासचिव ज्वालासहितका नेताहरुले स्वागत गरेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस