काठमाडौं ।
माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले पूर्व गृहमन्त्री स्वर्गीय पद्म सुन्दर लावतीले सुरुवात गरेको विकासको आधारमा टेकेर माओवादीले पाँचथरको चित्र फेरिने गरी विकास गरेको बताएका छन् ।
विज्ञापन
जिल्लामा सडक, खानेपानी, कृषि, सिँचाइ, पर्यटनदेखि तमाम क्षेत्रमा माओवादीको नेतृत्वमा अभूतपूर्व विकास भइरहेको बताए ।
विज्ञापन
पूर्वमन्त्री पद्म सुन्दर लावतीले भिन्न राजनीतिक विचारधारा बोक्नुभयो । त्यो आफ्नो ठाउँमा छ तर इमान्दारीपूर्वक भन्नुपर्छ कि पाँचथरमा विकासको सुरुवात लावतीले गर्नुभयो, मन्त्री आङ्बोले भने, ञलावतीपछि अन्य पार्टीका नेताहरू पटकपटक निर्वाचित भए तर पाँचथरले के पाए ? तर, अहिले लावतीले सुरूवात गरेको विकासको आधारलाई टेकेर माओवादीले जिल्लाको चित्र फेर्दैछ ।
जनतालाई गर्वका साथ भन्न मिल्ने गरी विकास निमार्ण माओवादीले पाँचथरमा गरिरहेको मन्त्री आङ्बोले दाबी गरे ।
पाँचथर-काठमाडौं सम्पर्क कमिटीको दोस्रो सम्मेलनमा सम्बोधन गर्दै उनले भने, ञजनताले सडक मागे सडक, खानेपानी मागे खानेपानी, जे माग्छन् जनताले त्यही विकास हामी गर्दैछौं ।
पाँचथरको विकासका लागि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री हैसियतले बजेटसहितका थुप्रै योजना लगिने बताए ।
संघीय सरकारको अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव एवं पार्टीको पाँचथर सहइन्चार्ज हर्क नेम्बाङ मिक्सोझ ले पनि अर्बौंको योजना लगेर जिल्लाको विकासमा योगदान पुर्याइरहेको बताए ।
यसरी माओवादी विकासको पहरेदार बनिरहँदा जनतासँग विकासकै कुरा सुनाएर पनि भोट माग्ने अवस्था रहेको उनको भनाइ छ ।
उनले एमालेसँग भोट माग्ने कुनै एजेन्डा नभएको जिकिर गरे । के अब एमालेले जनतासँग फेरि २र४ पटक संसद विघटन गर्छु, संघीय लोकतान्त्रिक संविधान सिध्याउँछु, जनताको वलिदानीपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिलाई सिध्याउँछु भनेर भोट माग्छ ? उनले थप प्रश्न छ, ञएमालेसँग के छ भोट माग्ने एजेन्डा ? छैन केही ।
माओवादीबाट अर्थमन्त्री हुने बित्तिकै जनार्दन शर्माले कोभिडका कारण रोजगार गुमाएका गरिबहरूलाई राहत दिएको र ऊर्जामन्त्री भएपछि पम्फा भुसालले न्यून आय भएका जनतालाई २० युनिटसम्मको महसुल छुट दिएको पनि बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण संसद, संविधान, लोकतन्त्र, गणतन्त्रलगायत उपलब्धि संकटमा परे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ को नेतृत्वमा भएको आन्दोलनले जोगिएको उनी बताउँछन् ।
पार्टी केन्द्रीय सदस्य तथा पाँचथर सह-इञ्चार्ज हर्क नेम्बाङ ञमिक्सोझ ले एमाले गएका श्रीप्रसाद जबेगूप्रति आक्रोश पोखे । उनले भने, ञमाओवादी पार्टी जसले सांसद बनाउँदै मन्त्री बनायो श्रीजबेगूजीलाई । तर, आज एमालेमा गएर माओवादीलाई नै सिध्याउँछु भनेर अघि बढेको देख्दा अचम्म लागेको छ ।
माओवादी अब २०५२ र २०७४ सालतिरको स्थितिमा नभएकोले चुनौतिपूर्ण स्थिति आएको बताए ।
सोही कारण माओवादीलाई जनतासँग जोडिएर बलियो पार्टी बनाउन पाँचथर-काठमाडौं सम्पर्क कमिटीमा रहेका नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।
सम्मेलनलाई पूर्वसभासद ध्रुव आङ्देम्बेलगायतले सम्बोधन गरे । सम्मेलनबाट भक्त पयाङ्गुको अध्यक्षतामा २९ सदस्यीय पाँचथर-काठमाडौं सम्पर्क कमिटी पुनर्गठन भएको छ ।
फेसबुक प्रतिक्रियाहरु