आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘माओवादीले गुण्डा, डन होइन कुलमान जन्माउँछ’
समाचार

‘माओवादीले गुण्डा, डन होइन कुलमान जन्माउँछ’

वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा माओवादी केन्द्रले देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै माओवादीको नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरेको इतिहास ताजा रहेको बताए ।

 

विज्ञापन

अन्य पार्टी राज्य सत्ता हत्याउने प्रयासमा लागिरहेको आरोप लगाउँदै उनले माओवादीको नेतृत्व आज पनि देश र जनताप्रति समर्पित भएर जनताको हक अधिकारको पक्षमा लडिरहेको चर्चा गरे । उनले अन्य पार्टीका नेताहरु चुनाव जित्नकै लागि कार्यकर्तालाई गुण्डा र डन शैलीमा प्रयोग गर्ने गरेको भन्दै माओवादीले भने जनार्दनजस्ता नेताहरुको नेतृत्वमा जनताको पक्षमा कुलमानजस्ता पात्र जन्माउन केन्द्रित रहेको बताए ।

विज्ञापन

उनले माओवादीलाई झुक्याउन बालकोट र बूढानीलकण्ठबाट अथक प्रयास भइरहेको बेला युवाहरु वाइसीएलमा आवद्ध भएर केन्द्रीय नेतृत्वलाई खबरदारी गर्ने समय आएको बताए ।

माओवादीका सबै नेता तथा कार्यकर्ता एकतावद्ध भएर माओवादी आन्दोलन र इतिहास मास्न खोज्नेविरुद्ध सक्रिय रुपमा लाग्नुपर्नेमा उनको जोड थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस