सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • ‘माओवादीले गुण्डा, डन होइन कुलमान जन्माउँछ’
समाचार

‘माओवादीले गुण्डा, डन होइन कुलमान जन्माउँछ’

Renu Dahal

वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा माओवादी केन्द्रले देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै माओवादीको नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरेको इतिहास ताजा रहेको बताए ।

 

विज्ञापन

अन्य पार्टी राज्य सत्ता हत्याउने प्रयासमा लागिरहेको आरोप लगाउँदै उनले माओवादीको नेतृत्व आज पनि देश र जनताप्रति समर्पित भएर जनताको हक अधिकारको पक्षमा लडिरहेको चर्चा गरे । उनले अन्य पार्टीका नेताहरु चुनाव जित्नकै लागि कार्यकर्तालाई गुण्डा र डन शैलीमा प्रयोग गर्ने गरेको भन्दै माओवादीले भने जनार्दनजस्ता नेताहरुको नेतृत्वमा जनताको पक्षमा कुलमानजस्ता पात्र जन्माउन केन्द्रित रहेको बताए ।

विज्ञापन

उनले माओवादीलाई झुक्याउन बालकोट र बूढानीलकण्ठबाट अथक प्रयास भइरहेको बेला युवाहरु वाइसीएलमा आवद्ध भएर केन्द्रीय नेतृत्वलाई खबरदारी गर्ने समय आएको बताए ।

माओवादीका सबै नेता तथा कार्यकर्ता एकतावद्ध भएर माओवादी आन्दोलन र इतिहास मास्न खोज्नेविरुद्ध सक्रिय रुपमा लाग्नुपर्नेमा उनको जोड थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस