सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीले भीम रावल र घनश्याम भुसालमाथि बैठकमै गरे कठोर प्रहार !
समाचार

केपी ओलीले भीम रावल र घनश्याम भुसालमाथि बैठकमै गरे कठोर प्रहार !

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालमाथि केन्द्रीय कमिटी बैठकमै प्रहार गरेका छन् ।

विज्ञापन

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली असार २७ गतेको १० बुँदे सहमतिको पक्षमा उभिने नेताहरुप्रति आक्रामक देखिएका छन् ।

विज्ञापन

केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललले १० बुँदे सहमतिको कुरा उठाएपछि ओलीले ‘१० बुँदेको उपादेयता सकियो’ भनेर कठोर जवाफ दिएका हुन् ।

अध्यक्ष ओलीकै अभिव्यक्तिका कारण उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक पदबाट राजीनामा दिएका थिए ।

अध्यक्ष ओलीले भीम रावलले काम गर्न नसकेर राजीनामा दिएकाले १० बुँदेमा अब केही गर्न नसकिने हलुका जवाफ दिने गरेका छन् ।

विगतमा माधवकुमार नेपालको पक्षमा रहेपनि अन्तिममा एमालेमै रहेका नेताहरूले १० बुँदे कार्यान्वयनमा कुरा गर्ने गरेपनि अध्यक्ष ओलीले त्यसलाई टार्ने गरेका छन् । बरु ओलीले पूर्व माओवादी पक्षका नेताहरूलाई महत्त्व दिने गरेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस