सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ओली र भीम रावलबीच भनाभन !
समाचार

ओली र भीम रावलबीच भनाभन !

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ। बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले त्यसको जवाफ दिनेक्रममा दुबै जनाबीच केहीबेर भनाभन भएको हो ।

विज्ञापन

अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएको भनेपछि रावल ओलीसँग आक्रोशित भएका थिए । जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

विज्ञापन

केपी ओलीले १० बुँदेको औचित्य सकिएको बताएपछि भीम रावलसँग ओलीको सवालजवाफ भएको थियो । ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’

केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि रावल र ओलीबीचको भनाभन रोकिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस