On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओली प्रवृत्ति नेपाली जनता र राष्ट्रका लागि घातक : अध्यक्ष प्रचण्ड
समाचार

ओली प्रवृत्ति नेपाली जनता र राष्ट्रका लागि घातक : अध्यक्ष प्रचण्ड

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्ति नेपाली जनता र राष्ट्रका लागि घातक प्रवृत्ति भएको बताउनुभएकाे छ । चितवनकाे भरतपुरमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले भन्नुभयाे, ‘त्यही प्रवृत्तिका कारण ओली बालुवाटारबाट बालकोट जान परेको र देशैभरीका प्रदेश सरकार खोसिँदै गएको हाे ।’ ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति भएकाे बताउनुहुँदै अध्यक्ष प्रचण्डले राजनीतिलाई स्थिरता दिन ओली प्रवृत्ति बाधक भएको पनि उल्लेख गर्नुभयाे ।

विज्ञापन

उहाँले ओली प्रचण्डबाट अत्तालिएर माडीमा रामसीताका नाममा राजनीति गर्न थालेको र त्यसले पनि नपुगेर चितवनमा नै महाधिवेशन गर्न समेत लागेको बताउनुभयाे । ओलीले आफूलाई जति खेदे पनि आफू चितवनबाटै चुनाव लडेर भारी मतले विजय भएर देखाउने समेत अध्यक्षकाे भनाइ थियाे । बालुवाटारबाट बालकोट सर्नु नै ओलीको ठुलो पराजय भएको बताउनुहुँदै उहाँले त्यो बेला ओली क्याम्पमा शाेक छाएकाे बताउनुभयाे ।

विज्ञापन

अध्यक्षले भन्नुभयाे, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिती थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यकासाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरूमा जनताले एउटा ठूलो उर्जा जनताबाट प्राप्त भएको थियो ।’

कार्यक्रममा २६५ जना अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे थियाे । उहाँहरुलाई अध्यक्ष प्रचण्डले टीका र खादा लगाएर स्वागत गर्नुभएकाे थियाे । जसमा १४७ जना नेकपा एमाले छोडेर, ५२ जना काँग्रेस र अन्य राप्रपा, जसपा लगायतका पार्टी छाडेर २६५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस