सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमाले त्याग्दै २५ युवा माओवादी केन्द्रमा प्रवेश
समाचार

एमाले त्याग्दै २५ युवा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं ।

चौतारा साँगाचोकगढी नगरपालिका– ३, खालेबाट नेकपा एमाले परित्याग गरी २५ जना युवाहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

विज्ञापन

वडा पार्टी कमिटिले बिहीबार आयोजना गरेको एक कार्यक्रमबीच उनीहरु एमाले छाडेर माओवादीमा प्रवेश गरेका हुन् ।

विज्ञापन

एमालेमा आबद्ध भई विभिन्न समितिमा सक्रिय रुपमा राजनीति गर्दे आएका उनीहरु नेकपा (माओवादी केन्द्र) मा जोडिएको अखिल (क्रान्तिकारी) का नेता मिलन लामाले बताए ।

नवप्रवेशीहरूलाई नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सल्लाहकार समिति सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रवेश गर्नेहरूमा विकुलाल तामाङ, रत्नबहादुर तामाङ, सिरे तामाङ, तारा तामाङ, फुलकाजी तामाङ, सुकु तामाङ, मानबहादुर तामाङ, विक्रम तामाङ, बुद्ध तामाङ, सार्की तामाङ, पदम तामाङ, रमेश तामाङ, सार्की तामाङ, सुक तामाङ, बसन्त तामाङ, सिंग तामाङ, लासाङ तामाङ, लाल काजी तामाङ, आकाश तामाङ, बेलमाया लामा, जिते तामाङ, निरबहादुर लोप्चन र कुन्दन लामा रहेका छन् ।

लामो समय एमालेमा रहेको तर नेताहरूले वास्ता समेत नगर्ने, गाँउको विकासमा समेत नातागोताको हावी भएका कारण आफूहरूले संयुक्त रुपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको नवप्रवेशी सिरे तामाङले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस