मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीको अहंकारले बहुमतको सरकार गर्ल्यामगुर्लुम ढल्यो : रामचन्द्र पौडेल
समाचार

केपी ओलीको अहंकारले बहुमतको सरकार गर्ल्यामगुर्लुम ढल्यो : रामचन्द्र पौडेल

केपी ओलीको अहंकारले बहुमतको सरकार गर्ल्यामगुर्लुम ढलेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। कर्णाली नदीको बाढीले प्रभावित बर्दियाको बाढीग्रस्त क्षेत्र अवलोकनमा आएका पौडेलले नेपाली काँग्रेस गुलरिया नगर कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेटघाटका क्रममा ओलीले आफैंलाई सर्बेसर्वा ठान्दा सरकार ढलेको बताए।

जनताले चुनेर निर्धक्क शासन गर्न चाहिँदो बहुमत दिएको कम्युनिष्ट सरकार ओलीको आफ्नै खटन पटन लगायत हैकममा चल्नुपर्ने प्रवृत्ति मौलाएपछि सरकार ढल्न पुगेको उनले दोहोर्याए। उनले नेतृत्वकर्ता ओलीकै कारण नेकपाभित्र असन्तोष उत्पन्न भइ विग्रह उठ्दा ओली सरकार ढलेको जिकिर गरे। कर्णालीको बाढीले खेती भित्र्याउने बेलाको अन्नबालीमा गरेको नोक्सानी प्रति चिन्ता व्यक्त गर्दै दीर्घकालीन, अल्पकालीन राहत योजना बनाउन सरकारलाई सुझाव दिए।

विज्ञापन

जनतालाई परेको आपत्तिको बेलामा सहानुभुति व्यक्त गर्दै नदी नियन्त्रण र राहत दिन सरकार तम्तयार हुनुपर्नेमा जोड दिए। जनताको सुख दुःखमा सरकारले सहभागिता जनाइ तत्काल समस्या समाधान गर्न नेता पौडेलले अनुरोध गरेका छन्। नेपाली काँग्रेस पार्टीका नेता कार्यकर्ताले फरक राजनितिक दलको मात्र नभइ नेपाली काँग्रेस पार्टीको पनि आलोचना गर्नुपर्ने भन्दै १३ औं महाधिवेशनपछि नेपाली काँग्रेस पार्टी भित्र भए गरेका कामको आलोचना गर्न नेता कार्यकर्तालाई सुझाए।

विज्ञापन

उनले भने, ‘ हालसम्म पार्टीको अवस्था, भातृ संगठनहरुको अवस्था, पार्टीका तल्लो निकायहरुको अवस्था लगायत पार्टीको अधिवेशनका बारेमा कार्यकर्ताहरु पनि चनाखो हुनुपर्छ। असाधारण परिस्थितिमा समय थप गर्दा समेत अधिवेशन किन हुन सकेन भनी कार्यकर्ताहरुले प्रश्न गर्नुपर्छ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, बर्दिया सभापति लगायत नेता कार्यकर्ताको सहभागिता रह्यो। नेता पौडेलले बर्दियाको राजापुर, मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा कार्यकर्ता भेटघाट गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस