झापा । एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले नयाँ एमाले बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष केपी ओलीसँग झापा भ्रमणमा आएका माओवादीका पूर्वनेता समेत रहेका भट्टले ओलीसँग भेटाइदिएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवादसमेत दिए ।
विज्ञापन
सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा धन्यवाद दिएका उनले सुदूरपश्चिममा बाढीपहिरोबाट पीडित भएकाप्रति सरकार राज्य गम्भीर बन्न नसकेको बताए । साथै उनले जयसिंह धामी प्रकरणमा पनि सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।
विज्ञापन
लेखराज भट्टले भने जनताका समस्या सम्बोधन गर्न लाग्नुपर्ने सत्तासीन दलका नेताहरु जिपलाइनमा रमाइरहेको बताए ।
फेसबुक प्रतिक्रियाहरु