शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • चितवनकी सांसद गीता वाग्लेले छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन दिइन
समाचार

चितवनकी सांसद गीता वाग्लेले छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन दिइन

Renu Dahal

चितवन।वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले यहाँको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिनुभएको छ । वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रली उपलब्ध गराउनु भएको हो ।

वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र विनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहनु भएकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु।१० हजारले ती सामग्री खरिद गरेर सहयोग गरेको बताउनुभयो । सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा कोरोना सङ्क्रमितहरुलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ ।”

विज्ञापन

संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शय्याको निःशुल्क आइसोलेसन सञ्चालन गरेको बताउनुभयो । समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् । लामाका अनुसार दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेर आईसोलेसन चलाइएको छ । आइसोलेसनमा शय्या ५० पु¥याउने लक्ष्यसाथ काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने छ । इच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो ।रासस

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस