सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • बालुवाटार बैठकमा ओलीको निर्देशन : फागुनभित्रै चुनाव हुन्छ, आजैदेखि लाग्‍नुस्
समाचार

बालुवाटार बैठकमा ओलीको निर्देशन : फागुनभित्रै चुनाव हुन्छ, आजैदेखि लाग्‍नुस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकोले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने

क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकोले सबै कमिटीहरु परिचालित गर्न निर्देशन दिएका हुन्। ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।उनले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए। ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीको भनाई थियो ।

विज्ञापन

प्रधानमन्त्री ओलीले पार्टी खोस्ने ढँगले कोही आउँछ भने त्यसलाई मौका नदिइने बताए। उनले भने ,‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।’ बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकोले सबै कमिटीहरु परिचालित गर्न निर्देशन दिएका हुन्। ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

विज्ञापन

उनले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए। ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले पार्टी खोस्ने ढँगले कोही आउँछ भने त्यसलाई मौका नदिइने बताए। उनले भने ,‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस