बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • अर्थ
  • कर सहयोगी श्रमिक संगठनको ९ औँ केन्द्रीय बैठक सौराहामा सम्पन्न
अर्थ

कर सहयोगी श्रमिक संगठनको ९ औँ केन्द्रीय बैठक सौराहामा सम्पन्न

चितवन । कर सहयोगी श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको ९ औँ बैठक पर्यटकीय नगरी सौराहामा सम्पन्न भएको छ ।
देशका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको संगठनले ९ औँ बैठक शनिबार चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष तारानाथ दाहालले कर सहयोगीहरूको पेशगत श्रमता अभिवृद्धि गर्दै यस पेशलाई थप मार्यदित र जिम्मेवारी बनाउन आवश्यक रहेको बताउनुभयो । पेशलाई आर्कषणको केन्द्रको रुपमा विकास गर्न विभिन्न समयमा तालिम दिइरहेको उल्लेख गर्नुभयो ।
संगठनले राजश्व वृद्धि, राजश्व असुली र राजश्वको क्षेत्र विस्तारका लागि ब्यवसायी तथा सरकारलाई सहयोगी भूमिका निर्वाह गर्दै आईरहेको छ । कर सहयोगी श्रमिक संगठन नेपाल २०६३ सालमा गठन कर सहयोगीहरूको छाता संगठनको रुपमा काम गर्दै आइरहेको छ । करसहयोगीहरुले आन्तरिक राजश्व कार्यलयसँग सहकार्य गरी करदाताको तर्फबाट मञ्जुरी नामा लिई फर्म दर्ता तथा खारेज गर्ने, राजश्व बुझाउने, खरिद बिक्री खाता लेखांकन गर्ने र मासिक विवरण बनाउने, मूल्य अभिवृद्धि कर र आय विवरण बुझाउने काम गर्दछन् । यस्तै पूर्ण करपरीक्षण तथा अनुसन्धानमा पर्दा करदातालाई सहयोग गर्ने, राजश्वमा रहेको बक्यौता असुली गर्न, ननफाईलर हटाउन, ब्यवसायीलाई करको दायरामा ल्याउन, ऐन कानुन सम्बन्धि करदातालाई बुझाउन र घरबाहाल कर तिर्न प्रेरीत गर्ने कार्यमा सहयोग गर्दै आएका छन् । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य गोकुल पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष तारानाथ दाहालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपालभर कार्यरत ३५ जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस