शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या
समाचार

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।

धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

विज्ञापन

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धानको लागि डग टोली आउन लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

विज्ञापन

माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस