शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बहुउपयोगी प्याजका केके छन् चिकित्सकीय गुण ?
समाचार

बहुउपयोगी प्याजका केके छन् चिकित्सकीय गुण ?

काठमाण्डौं। हरेकको भान्सामा हुने प्याज परम्परागत रूपमा खाना र औषधिका रूपमा प्रयोग गरिन्छ । यसको उपचारात्मक गुणबारे आधुनिक वैज्ञानिक अध्ययनले समेत प्रमाणित गरेका छन्। प्याजमा अर्गानोसल्फर कम्पाउन्ड, फ्लाभोनोल, एस्कर्बिक एसिड, फिनोल, पोलिसाकराइड, सेपोनिन आदि रसायन प्रशस्त मात्रामा पाइन्छ। यिनै रसायनका कारण प्याज विभिन्न रोगका लागि यो उपयोगी हुन्छ। प्याजमा ‘एन्टिअक्सिडेन्ट’ क्षमता हुन्छ।

विभिन्न रसायनहरूका कारण प्याज सूक्ष्म जीवाणु विनाशक, घाउ वा चोटपटक पाक्न नदिने, मोटोपन घटाउने, मधुमेह, क्यान्सर र कोलेस्ट्रोल कम गर्ने, मुटु र नसा बलियो बनाउनेजस्ता कार्यमा मद्दत गर्दछ। यति मात्र नभएर यसले कलेजोको रक्षा, श्वासप्रश्वासको सुरक्षा, पाचन प्रणालीको मजबुती, प्रजनन सुरक्षा र शरीरमा प्रतिरोधात्मक क्षमता उच्च राख्न सहयोग गर्छ।

विज्ञापन

प्याजलाई भण्डारण गर्दा र पकाउँदा अपनाइने विधिका कारण यसमा पाइने विभिन्न तत्त्वको ह्रास हुने हुँदा स्वास्थ्यमा प्याजको प्रभावकारिता कम हुने गर्छ। त्यसैले यसलाई भण्डारण र पकाउँदा विशेष ख्याल गर्नु पर्दछ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस