शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर भम्रण बर्षको प्रर्बद्धनमा देवघाट हलेसी सगरमाथा मोटर ¥याली हुने
समाचार

भरतपुर भम्रण बर्षको प्रर्बद्धनमा देवघाट हलेसी सगरमाथा मोटर ¥याली हुने

चितवन । भरतपुर भम्रण बर्ष २०२४ को प्रर्वद्धनका लागि देवघाट हलेसी सगरमाथा मोटर ¥याली हुने भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उदेश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर ¥याली हुने भएको हो ।

भरतपुर देवघाटदेखि शुरु गरेर हेटौडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसी सम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा चितवन)का अध्यक्ष राजन पियाले जानकारी दिए ।
प्रतियोगितामा २५ देखि ३० जना ड्राइभर सहभागी गराउने योजना रहेको पियाले बताए । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता सचालन गर्ने तयारी गरेका उनले बताए ।
मोटर लिको रेसिंगको विधा अन्तरगत टिडिएस र्याली अन्तरगत गन्तव्य सम्म पुग्नको लागि विभिन्न चेक प्वइटहरु निर्धारण गरि बाटोको प्रकृति हेरि अधिकतम गति दिएको हुन्छ अध्यक्ष पियाले भने सहभागिहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ खेल उसैले जित्छ ।

विज्ञापन

प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागीता ने हुने आयोजकको अपेक्षा छ । नेपाल भरिका कुनै पनि स्थानका इस्छुक ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने छन् ।
आगामी वैशाख ५ गते बिहान ८ बजे देखि शुरुवात गरिने सो कार्यक्रमका विजेतालाई शिल्ड, प्रमाणपत्र र आर्कसक पुरस्कार प्राप्त गर्नेछन् । बैशाख ४ गते अपरान्ह सम्पूर्ण सहभागीलाई पूर्व प्रशिक्षण दिइनेछ भने, कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिक गरि १ सय २४ जनाको सहभागीता रहनेछ ।
कार्यक्रमका सहभागीले एक गाडी दर्ता शुल्क सात हजार रुपैया वुझाउनपर्नेछ जुन गाडीमा दुइजना सहभागी रहनेछन् । भने थप सहभागिले प्रति व्यक्ति चार हजारका दरले सहभगीता शुल्क बुझाउनु पर्नेछ ।
दूइ रात तीन दिनको लाग्ने यस कार्यक्रमा सहभागीहरुलाई खाना तथा बस्ने व्यवस्था गरिने छ । साथै सहभागीहरुको लागि र्दुघटना विमाको व्यबस्था गरिनेछ ।
भरतपुर महानगरपालिकाका मेयर द्वारा शुभारम्भ गरिने सो प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ ।

विज्ञापन

एक दशक देखि नेपालमा र चितवनमा समेत शुरुवात भएको मोटर स्पोर्ट्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर ¥याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको छ ।
त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस