शुक्रबार, असार १, २०८१
  • होमपेज
  • समाचार
  • लायन्स क्लब अफ भरतपुर सेन्ट्रलको मञ्जुश्री असाहाय केन्द्रलाई सहयोग
समाचार

लायन्स क्लब अफ भरतपुर सेन्ट्रलको मञ्जुश्री असाहाय केन्द्रलाई सहयोग

चितवन । लायन्स क्लब अफ भरतपुर सेन्ट्रलले मञ्जुश्री असाहाय केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आर अन्र्तगत लायन्स क्लब अफ भरतपुर सेन्ट्रलले केन्द्रमा रहेका बालबालिकालाई खानको अभाव नहोस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरेको हो ।
संस्थालाई आवश्यक पर्ने चामल, दाल र तरकारी उपलब्ध गराइएको क्लबका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको क्लबले आगामी दिनमा यस्तै कार्य गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जोन चियर पर्सन गणेश बराल रहनु भएको थियो भने संस्थापक अध्यक्ष ओम पाठक तथा पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन क्लबका सचिव सरोज कोईरालाले गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पन्तको अध्यक्षतामा भएको हो ।
––––

 

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस