शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरीको नियन्त्रणमा रहेका अनमोल केसी नर्भिक अस्पताल भर्ना
समाचार

प्रहरीको नियन्त्रणमा रहेका अनमोल केसी नर्भिक अस्पताल भर्ना

काठमाडौं।

अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा हिजो दिउँसो भक्तपुरबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले बतायो ।

विज्ञापन

 

विज्ञापन

‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाखा, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

 

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । केसीले १० लाख एड्भान्स लिएर पनि ‘रावायण’ छाडेका थिए भने नयाँ ‘फर्की फर्की’ मा ब्यस्त थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस