आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • आन्दोलन गर्न काठमाडौं आइरहेका शिक्षकहरुको गाडी सिन्धुलीमा दुर्घटना, १० शिक्षक घाइते
समाचार

आन्दोलन गर्न काठमाडौं आइरहेका शिक्षकहरुको गाडी सिन्धुलीमा दुर्घटना, १० शिक्षक घाइते

सिन्धुली । आन्दोलनमा सहभागी हुन काठमाडौंतर्फ हिडेका १० शिक्षक गाडी दुर्घटनामा घाइते भएका छन् ।

शिक्षकहरु चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक दुर्घटना भएको हो ।

विज्ञापन

प्रहरीका अनुसार मधेश प्रदेस ००१ ज ००६२ नं को इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा राहत, करार र वालविकास शिक्षकहरु घाइते भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

घाइते सबैलाइ धुलीखेल अस्पताल पठाइएको छ । घाइते हुनेहरु धेरैजसो कमलामाइ नगरपालिकाका रहेका छन् ।

घाइते हुनेमा कमलामाइ नगरपालिकाका निरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, वविता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका १० का राजन कार्की, काभ्रे बनेपा १० की गार्की बस्नेत रहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

चालक कमलामाइ नगरपालिका ८ का तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस