शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अविवाहितले पाउने भए भत्ता
समाचार

अविवाहितले पाउने भए भत्ता

काठमाडौँ । गुल्मी दरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भएको छ ।

गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ ।

विज्ञापन

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत श्रावण महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने गरी सूचना प्रकाशन गरेको छ ।

विज्ञापन

अविवाहित पुरुष र महिला पनि कुनै न कुनै रुपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस हुन नदिन मासिक एक हजारका दरले भत्ता दिने गाउँपालिकाकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिन यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागू हुने गरी भत्ता प्रदान गर्न लागिएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस