बुधबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • Breaking News
  • मेयर बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस
Breaking News

मेयर बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

Renu Dahal

काठमाडौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् । उनले सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको छ । उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

विज्ञापन

 

विज्ञापन

बालेनका उक्त धारणापछि उनको चर्को आलोचना भएको थियो । उनकी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेको विषयलाई लिएर उनले उक्त स्टाटस लेखेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस