शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • एसिया कपमा नेपाल र भारत खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त
Breaking News

एसिया कपमा नेपाल र भारत खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त

काठमाडौं । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ ।

श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

विज्ञापन

 

विज्ञापन

टेष्ट र टी-२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्‍यो । पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो । बुधबार मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस