शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्छ : केपी ओली
समाचार

गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् ।

‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन’ अध्यक्ष ओलीले भने ।

विज्ञापन

प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका हुन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस