शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुग्नुभयो : रेनु दाहाल
समाचार

संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुग्नुभयो : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले १० वर्षे जनयुद्धको बलमा ल्याईएको संघीयताकै कारण मगरका छोरा छोरी सम्मानित पदमा पुगेको बताउनु भएको छ ।
४१ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्था परिवर्तन भएकै कारण जनजाति, मधेसी, उत्पीडित वर्गलाई राज्यको सम्मानित पदमा पुराएको उल्लेख गर्नुभयो ।
मेयर दाहालले विगतमा मगरका सन्तानहरु देशको एउटा मन्त्री बन्ने कुरा निकै कठिन कुरा भएको स्मरण गर्नुभयो ।
वर्षैदेखि थिचिएका, हेपिएका, अन्याय, अत्यचारमा परेका समुदाय, आदिबासी जनजातिहरुले आफ्नो समुदायको पूर्ण अधिकारका लागि निरन्तर अन्दोलन र संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
‘मगरकै छोरा अहिले उपराष्ट्रपति सम्माननिय पदमा हुनुहुन्छ, उहाँले भन्नुभयो,‘मगरकै छोरी देशको गरिमामय पद सभामुख पदमा हुनुहुन्थ्यो । संघीय गणतन्त्रको स्थापनपछि आधा–दर्जन मगरका सन्तानले विभिन्न निकायको बाघडोर सम्हालेको बताउनुभयो ।
मेयर दाहालले संघीयताले केही न केही जागरुक बनाएको छ भने केही न केही अधिकारहरु प्राप्त गरेको धारणा राख्नुभयो । यो नयाँ परिवर्तित व्यवस्थाका कारण हर्षउल्लास र निर्वाध रुपमा दिवसहरु मनाउन पाईएको बताउनुभयो ।
देशमा भएको परिवर्तनले केही न केही मुद्धाहरु स्थापित भएका छन् भने बाँकी कार्यन्वनको चरणमा रहेकाले हाम्रा आवजहरुलाई बुलन्द पार्नुपर्ने मेयर दाहालको भनाई थियो ।
‘हिजोका विरोधहरु अहिले पनि विषबमन गरिरहेका छन्,उहाँले भन्नुभयो,‘हामी उत्पीडितहरुलाई थिचोमिचो गर्न खोजिरहेका छन् । ठुलो बलिदानी पछि ल्याएको व्यवस्था विरुद्ध धावा बालिरहेका छन् । यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । अझै संगठित भएर आगडि बढ्ने समय आएको छ ।’
मेयर दाहालले भरतपुर महानगरपालिकाको हरेक वडामा मगरहरुको प्रतिनित्व ठुलै संख्यामा हुँदै आईरहेको जानकारी दिनुभयो । नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा भरतपुरको वडा नम्बर–१७ भुवनवस्ती लखन स्मृति सभाहल निर्माण भई स्तरोन्ती भएको बताउनुभयो ।
महानगरपालिकाले वर्षेनी मगर संघका लागि आर्थिक सहयोग हुँदै आएको भन्दै अबका दिनमा पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस