शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा
मनोरञ्जन

पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

काठमाडौं ।

अभिनेता पल शाहलाई देख्दा शाहरुख खान जस्तै लाग्ने अभिनेत्री पूजा शर्माले बताएकी छिन् ।

विज्ञापन

यतिबेला पललाई लिएर पूजाले पुनः टिप्पणी गर्दै पलबिना फिल्म उद्योग नै खल्लो लागिरहेको बताएकी छन् । पल र पूजाले सँगै अभिनय गरेको एक गीत समावेश फिल्म ‘मनसँग मन’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । उक्त फिल्मको विशेष शो आयोजना गरिएको थियो ।

विज्ञापन

फिल्म हेरिसकेपछि पूजा मिडियासामु पललाई लिएर केही भावुक सुनिइन् । पल बिना आफूलाई नरमाइलो लागिरहेको उनको भनाई छ । पलजस्तो कलाकार पाउन मुस्किल रहेको उनको दावी थियो ।

बोल्दै गर्दा पूजाले बलिउड अभिनेता शाहरुख खानको नाम पनि लिइन् । पूजा शाहरुखकी फ्यान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै हो । शाहरुखको फिल्म ‘पठान’ रिलिज हुँदा हल पुगेर उनले केक समेत काटेकी थिइन् । पललाई देख्दा पनि शाहरुख नै लाग्ने भन्दै उनले प्रशंसा गरिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस