मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • Breaking News
  • प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार
Breaking News

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार

काठमाडौं। प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन्।

संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए।

विज्ञापन

यससँगै तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए। प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस