शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विदेशी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुनै नीति छैन: धर्मेन्द्र बास्तोला
समाचार

विदेशी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुनै नीति छैन: धर्मेन्द्र बास्तोला

काठमाडौं।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थाले देशको विकास नहुने बताएका छन्। नेकपा बहुमत क्रान्तिकारी र नेकपा मसालबिच एकताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मंसिर ४ को निर्वाचनमा खसेको मतबाटै संसदीय व्यवस्थामाथि असन्तुष्टि देखेको बताए।

विज्ञापन

उनले भ्रष्टाचार र अस्थिरतातर्फ लैजाने उनको भनाइ छ। उनले नागरिकता विवाद नटुङ्गिँदै रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘रवि छामिछानेले गृहमन्त्री नपाए समर्थन फिर्ता गर्छु भन्नुभयो। उहाँको नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा छ। नेपाली नागरिक हो कि अमेरिकी भन्ने टुंगो भएको छैन। कानुनी हिसाबले उहाँले नेपाली नागरिकता छाडिसक्नुभएको छ। उहाँ एउटा अमेरिकन नागरिकका हिसाबले चुनावमा जानुभयो र जित्नुभयो।’

विज्ञापन

विदेशी नागरिक अदालतमा मुद्दा हुँदासम्म उपप्रधानसहित गृहमन्त्री संसदीय व्यवस्थाले समृद्धि ल्याउन नसक्ने जिकिर गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस