On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • दुई महिनाभित्र भरतपुरबाट नयाँ लाईसेन्स वितरण : मेयर रेनु दाहाल
Breaking News

दुई महिनाभित्र भरतपुरबाट नयाँ लाईसेन्स वितरण : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उहाँले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाईसेन्स वितरण हुने उल्लेख गर्नुभयो ।
४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उहाँले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण सुविधा भरतपुरबाटै पाइने बताउनुभयो ।
‘चितवनबासी मात्र नभई छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ,उहाँले भन्नुभयो,‘देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनु हुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ ।चितवनवासीको लागि गर्वको विषय हो ।’
कार्यालयको सेवा सञ्चालनको लागि आवश्यक अस्थाई संरचना निर्माण गर्न महानगरपालिका सकारात्मक रहेको मेयर दाहालको भनाई छ । कार्यालयले नयाँ लाईसेन्स वितरण छिटोभन्दा छिटो गर्ने उद्देश्यसहित प्राविधिक कार्यालयलाई तीब्र रुपमा अघि बढाइरहेको छ । यातायात व्यवस्था कार्यालयको आफ्नै स्वमित्वमा हुने गरी कार्यालय भवन निर्माण गर्न महानगरपालिकाले भरतपुर–११ आँपटारीमा रहेको सार्वजनिक जग्गालाई भोगाधिकारी लिने गरी आवश्यक प्रकृया पनि बढाईसकेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयपछि यो विषय टुङ्गो लगाउने छ ।
यसअघि चितवनबासीहरु लाईसन्स लिनको लागि काठमाडौँ, पोखरा, बुटवल, हेटौडा र बीरगञ्ज जानुपर्ने बाध्यता थियो ।
भरतपुरमा नयाँ लाईसेन्स वितरण गर्न ट्रायल सेन्टर छनोट हुने कार्य पनि अन्तिम चरणमा पुगेको छ । अन्तिम दुईमा भरतपुरका महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरु ट्रायल सेन्टर छनोट भएका थिए । अब १५ दिनभित्र ट्रायल सेन्टरको पनि टुङ्गो लाग्ने यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिनुभयो ।
यस्तै लाइसेन्सको ट्रायल दिन आउनेहरुको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन मेडिकल संस्थाहरुलाई १५ दिने सूचनाबाट आह्वान गरिएको कार्यालयको प्रमुख भुजेलले जानकारी दिनुभयो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस