On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • अर्जेन्टिनाको जितको खुसीमा चितवनका डा भोजराज अधिकारीले गरे विद्यालयलाई खेल समाग्री सहयोग
Breaking News

अर्जेन्टिनाको जितको खुसीमा चितवनका डा भोजराज अधिकारीले गरे विद्यालयलाई खेल समाग्री सहयोग

भरतपुर । अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् ।

कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनका ४ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट २–२ विद्यालय छानेर कुल ४ वटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्।

विज्ञापन

“भरतपुर र माडीका २–२ विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री एक वर्षभरिलाई दिइने छ”, चौबिसकोठीमा मेस्सीको जितको खुसियाली मनाउने क्रममा उनले भने– “फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी सहयोग गरिने छ ।”

विज्ञापन

यस क्षेत्रका चर्चित फिजिसियन डा. अधिकारी गत प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए । उनले चुनाव लडेको क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । उनले मेस्सीको जीवनबाट ‘संघर्ष जारी राख्नू’ र ‘हार कहिल्यै नमान्नू’ भन्ने शिक्षा लिन सक्ने भन्दै फुटबलमार्फत देश चिनाउन सकिने सन्देश दिन लागेको बताए ।

कार्यक्रममा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले मेस्सीले विश्वकप जित्दा अर्बौँ फुटबलप्रेमी खुसी भएको बताए । उनले मेस्सीजस्तो फुटबलका जादूगरको खेल हेर्न पाउनु अहोभाग्य भएको भन्दै यसलाई मनोरञ्जनका रूपमा लिएको बताए ।

फ्यान क्लबका अध्यक्ष नितेश रानाभाटले मेस्सी सर्वकालीन सर्वोत्कृष्ट खेलाडी हुन् कि होइनन् भन्ने विवाद अब सकिएको बताए । उनले मेस्सीको जीवनमा सबै उपाधि हात लागे पनि खड्किएको विश्वकपको अभाव पनि अब पूरा भएको बताए । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनालाई मेस्सीले ३६ वर्षपछि उपाधि जिताउन सफल भए । अर्जेन्टिनाले मेस्सीको प्रेरणादायी प्रदर्शनमा आइतबार राति भएको उपाधि भिडन्तमा साबिक विजेता फ्रान्सलाई पराजित गरेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस