शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सरकारी जग्गा तथा सार्वजनिक सम्पत्तिमाथि झन् कठोर बन्दै काठमाडौं महानगर
समाचार

सरकारी जग्गा तथा सार्वजनिक सम्पत्तिमाथि झन् कठोर बन्दै काठमाडौं महानगर

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा, क्षति वा नोक्सान पुर्‍याएमा कारबाही गर्ने भएको छ ।

महानगरले सूचना गरी कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा नोक्सान पुर्‍याएमा कानूनबमोजिम कारबाही गरी क्षतिपुर्तिसमेत भर्ने महानगरपालिकाले जनाएको छ ।

विज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको महानगरले उल्लेख गरेको छ ।

विज्ञापन

त्यसैगरी, ऐनको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत तथा सम्भार संरक्षण गर्ने कानूनी दायित्त्वसमेत स्थानीय तहलाई तोकेको महानगरले जारी गरेको सूचनामा बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस