On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन
समाचार

राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

बुधवार दिउँसो विज्ञप्ति प्रकाशन गरेर उपराष्ट्रपति पुनले संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी पाएको व्यक्ति संविधानको दायराभन्दा बाहिर जान नमिल्ने बताए ।

विज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधान उल्लंघन गरेको टिप्पणी भइरहेको छ ।

विज्ञापन

उपराष्ट्रपति पुनले राष्ट्रपतिको कदमविरुद्ध औपचारिक रूपमा मुख खोलेका छन् ।

पुनले विज्ञप्तिमार्फत भनेका छन्, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको सचेततापूर्वक पालन र संरक्षण हुन नसकेको भन्दै आवाज उठ्नु दुःखद् भएको उनले बताएका छन् ।

पुनले भनेका छन्, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

संविधानको पालन र संरक्षणका लागि उनले सबैलाई आग्रह गरेका छन् । ‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु,’ पुनले भनेका छन् ।

संविधान दिवसको अवसरमा संविधानको पालना र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्‍याएको तर त्यसको व्यावहारिक कार्यान्वयन नभएको आशय पुनको विज्ञप्तिमा उल्लेख छ ।

‘सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीँ असोज ३ गते हर्षोल्लासका साथ मनाएका छौं । यस सुनौलो दिनको अवसरमा हामी सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छौं,’ उनले भनेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस