On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • करिश्माको व्यङ्ग्य– इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो
समाचार

करिश्माको व्यङ्ग्य– इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरमा फुटपाथमा बसेका साना व्यवसायीलाई महानगर प्रहरीले हटाएको घ’ट’नालाई केन्द्रमा राख्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी छन् । आफू पनि काठमाडौंको रैथाने बासिन्दा भएको उल्लेख गर्दै आफूले नबुझेको केही कुरा उठाएको उनको भनाइ छ ।

‘महानगर सफा हुनुपर्छ, सही हो । हामीले आफ्ना करोडौं पर्ने जग्गा÷घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग ग¥यौं, सही हो,’ उनले लेखेकी छन्, ‘बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन, त्यो पनि सही कुरा हो ।’

विज्ञापन

तर गाउँ छोडेर सहरमा गरिखान मानिस किन आउँछन् भन्ने प्रश्न पनि उनले उठाएकी छन् । उनले लेखेकी छन्, ‘गाउँमा स्वास्थ्य छैन, शिक्षा छैन, बाटो छैन, सिंचाई छैन, दैवी प्रकोपमा परेकाहरुको लागि गाँस, बास, कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ?’

विज्ञापन

त्यस्ता व्यक्तिले आफ्नो लागि आफैले जोहो गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले ‘ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ?’ भन्ने प्रश्नसमेत गरेकी छन् ।

यो काठमाडौंको मात्र समस्या नभएर भविष्यमा हरेक महानगरको समस्या हुने उनको भनाइ छ । उनले लेखेकी छन्, ‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले÷पर्यटकहरुले यसको आनन्द उठाइरहेको देख्न सक्छौं । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?’

स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन ऊ यो कोचाकोचको जीवन जिउन बाध्य छ भन्ने प्रश्न पनि उनले गरेकी छन् । ‘गाउँ पाखामा सबै सुविधा उपलब्ध भएको भए त्यही गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या विदेशमा बसेर काम गरिरहेको हुँदैनथियो होला !’ फेसबुकमा उनले लेखेकी छन्, ‘आफ्नो क्षमताअनुसार काम गर्यो त के गल्ती गर्यो ?’

उसको आत्मसम्मानमाथि नै प्रश्न उठ्ने व्यवहार ऊमाथि किन भइरहेको छ भन्ने प्रश्न पनि करिश्माले गरेकी छन् ।

‘ठिक छ, यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नु केही छैन,’ उनले लेखेकी छन्, ‘तर अहिले हेर्दाचाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस