On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बागमती झलमल्ल पारिन्छ, बेलुका फोहोर फाल्नेलाई समात्न सिसिटिभी जडान गर्छौं : मेयर शाह
समाचार

बागमती झलमल्ल पारिन्छ, बेलुका फोहोर फाल्नेलाई समात्न सिसिटिभी जडान गर्छौं : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले बागमतीसहित नदी करिडोरमा वत्ती जडान गरिने बताएका छन्।

 

विज्ञापन

महानगरपालिका पूर्वाधार समन्वय बैठकमा बोल्दै मेयर शाहले बागमती झलमल्ल बनाउन सरोकारवाला निकायसँग सहयोग मागेका हुन्। उनले बागमतीलगायत उपत्यकाका नदीमा फोहोर फाल्नेलाई समात्न सिसिटिभी क्यामेरा जडान गरिने पनि बताए।

विज्ञापन

‘बागमती झलमल्ल होस्। बेलुका फोहोर फाल्नेलाई समात्न ट्राफिकसँग समन्वय गरेर सिसिटिभी जडान गर्नुपर्छ। यसमा सरोकारवाला निकायको सुझाव र सहयोग चाहिन्छ,’ मेयर शाहले भने।

बैठकमा सहभागी अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्यालले बागमती सफाइ अभियानलाई निरन्तरता दिनुपर्ने, मेयर/उपमेयर नै सहभागी हुनुपर्ने, बागमती नदी करिडोरलाई वत्तीले झिलिमिली बनाउनुपर्ने, फोहोर फाल्नेलाई समात्न करिडोरमा सिसिटिभी जडान गर्नुपर्ने प्रस्ताव गरेका थिए।

‘बागमती एक हप्ता सफा गर्‍यो, फेरि जस्ताको तस्तै हुन्छ। सफाइ अभियानलाई नियमित गर्नुपर्छ। मेयर लगायत सरोकारवाला सबैको सहयोग चाहिन्छ। फोहोर फाल्नेलाई तत्काल कारवाही गर्नुपर्छ,’ उनले भने।

नाम अधिकार सम्पन्न बागमती सभ्यता तर काम चाहि काफी नभएको उनको भनाइ छ। सफाइका लागि सुरक्षाकर्मी चाहिने, समातेर कारवाही गर्ने र जरिवाना पनि कडा गरियो भनेमात्र बागमती नदी प्रणाली संरक्षण गर्न सकिने उनले सुझाएका थिए।

‘संसारका सहरको मूल्याकंन खाली ठाउँले हुन्छ। सडक र नदीको व्यवस्थापन कसरी गरिरहेको भन्ने कुराले सहरलाई हुन्छ,’ उनले भने, ‘नदी करिडोरलाई उज्यालो बनाउ। विद्युत प्राधिकरणले सबै नदी प्रणालीमा वत्ती हाल्दिनुस्। कति लाग्छ लागोस्। यति गरिदिनुस्। यो काठमाडौंबासीको माग हो, सबै नदीको उज्यालो बनाइदिउ।’

सिसिटिभी जडान गरिए धेरै हदसम्म बागमती सफाइमा मद्दत पुग्ने उनले बताए। ‘सबै नदीमा सिसिटभी जडान गरेर नजिकको प्रहरीमा जोडौं। राति को आउँदो रहेछ भीआईपीहरु, मर्निङ वाक र इभनिङ वाकको नाटकमा आएर फोहोर हाल्नेलाई समात्न सकौं। यसो हो भयो भने बागमती सफाइलाई धेरै मेहनत पर्दैन,’ उनले भने।

बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिले नदी करिडोरमा वत्ती जडान गर्न ४० प्रतिशत काममा सघाउन सकिने प्रतिबद्धता जनाएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस