आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बन्दैन, सरकारी कार्यालयका बैठकमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका छाैँ : अर्थ मन्त्री शर्मा
समाचार

‘तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बन्दैन, सरकारी कार्यालयका बैठकमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका छाैँ : अर्थ मन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि प्रधान देशले वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्थमन्त्री शर्माले देशमा साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरी आएको पनि दाबी गरे । मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशबाट आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको
बताए ।

विज्ञापन

 

विज्ञापन

 

उनले सरकारी कार्यालयहरूका विभिन्न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह पनि गरे ।

“सरकारी कार्यालयहरूमा नेपाली बिस्कुटमात्रै खाने नीति बनाएका छौँ । विदेशी बिस्कुटहरू खाइरहेका हुन्छौँ, अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ । वार्षिक साढे तीन खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ । कृषिप्रधान देशले साढे ३ खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खायो भने देश बनाउन सक्छौँ ? त्यसकारण देशको उत्पादनलाई प्राथमिकता दिने
गरेर अहिलेको नीति तथा कार्यक्रम ल्याइएको छ,” अर्थमन्त्री शर्माले भने ।

पछिल्लो समय पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले नभई अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या र अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धहरूको प्रभावका कारण मूल्य बढेको उनको भनाइ छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस