On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कांग्रेस महामन्त्रीद्वयले देउवालाई भने– एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्, पेट्रोलियम पदार्थको विकल्प खोज्नुहोस्
समाचार

कांग्रेस महामन्त्रीद्वयले देउवालाई भने– एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्, पेट्रोलियम पदार्थको विकल्प खोज्नुहोस्

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाको स्टेट पार्टनशिप प्रोगाम (एसपीपी) सधाको लागि बन्द गर्न आग्रह गरेका छन् ।

सोमबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेटेर उनीहरूले एसपीपीको ढोका सँधैका लागि बन्द गर्न आग्रह गरेका हुन् । भेटमा महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आवश्यक धारणा बनाउन प्रतिपक्ष दलसहितको सर्वदलीय बैठक अविलम्व डाक्न माग गरेका छन् ।

विज्ञापन

“विहान ११ बजेबाट करिव एक घण्टा पार्टी सञ्चालन र समसामयीक विषयमा गहन छलफल भयो,” स्रोतले बाह्रखरीसँग भन्यो, “एसपीपीलाई प्रकृया पुर्याएर सधैँका लागि च्याप्टर क्लोज गर्न माग महामन्त्रीद्वयबाट भएको छ । साथै उहाँहरुले प्रतिपक्ष दलहरुसहितको सर्वदलीय बैठक बसेर साँझा धारणा बनाउन पनि माग गर्नुभएको छ ।”

विज्ञापन

छलफलका क्रममा महामन्त्रीद्वयले प्रधानमन्त्री देउवालाई सेयर बजार र लगानीकर्ताहरू मारमा परेको भन्दै आवश्यक परामर्श गरेर निचोड निकाल्नेगरी पहलकदमी गर्न आग्रह गरेका छन् । यस्तै निर्वाचन आयोगसँग छलफल गरेर विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा भाग लिन पाउने विषयमा छलफल गर्न पनि उनीहरुले माग गरेका छन् ।

 

जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले आवश्यक परामर्श गरेर अघि बढ्ने बताएका थिए । साथै, महामन्त्रीद्वय थापा र शर्माले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको भन्दै यसको विकल्प खोज्न आग्रह गरेको र जनतालाई महंगीको मारबाट राहत दिन ध्यानाकर्षण गराएका थिए ।

यस्तै रेलमार्ग निर्माण गर्नलाई जग्गा अधिग्रहणमा परेका जनताले मुआव्जा नपाएको गुनासो दिनप्रतिदिन बढेको भन्दै पीडितलाई मुआव्जा वितरण गर्न पनि उनीहरुले माग गरेका थिए ।

छफलमा महामन्त्रीद्वयले पार्टीको केही आन्तरिक विषय पनि उठाएका थिए । पार्टीको १४ औँ महाधिवेशन मात्र नेतृत्व चयनका लागि भएको भन्दै महामन्त्रीद्वयले महाधिवेशन अघि भनिएको नीति अधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थानीय तह निर्वाचन पश्चात् पनि केन्द्रीय समितिको बैठक नबसेको भन्दै बैठक अविलम्व डाक्न उनीहरुले माग गरेका थिए । छलफलमा महामन्त्रीद्वयले असार १० गते नयाँ कार्यसमिति आएको ६ महिना पुग्ने र छ महिनाभित्र गठन गर्नुपर्ने पार्टीको सम्पूर्ण विभाग गठन गरिसक्नुपर्ने भन्दै विशेष ध्यानाकर्षण गराएको स्रोतले जानकारी दियो ।

“नेविसंघ, तरुण दलको कार्यसमितिलाई पूर्णता दिनुपर्ने र अघिल्लो कार्यसम्पादन समितिको बैठक बमोजिम गठन हुन नसकेका भातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति तत्काल गठन गर्नुपर्ने विषयमा महामन्त्रीहरूले जोड दिएका छन्,” स्रोतले भन्यो ।

जवाफमा सभापति देउवाले आफूलाई सम्पूर्ण विषयमा जानकारी भएको भन्दै आवश्यक परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए । मंगलबार पुनः छलफल गर्ने र सोही बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने बताइएको छ ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस