On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कबड्डी-४’, पूरै सिरिजको अहिलेसम्मकाे कमाइ कति?
मनोरञ्जन

सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कबड्डी-४’, पूरै सिरिजको अहिलेसम्मकाे कमाइ कति?

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखिसकेको छ।

सर्वाधिक कमाइ गर्ने फिल्मले चौथो साता पनि दर्शकको राम्रो साथ पाइरहेको छ। यो फिल्मले तेस्रो सातासम्म २१ करोड ३७ लाख कमाएको छ।

विज्ञापन

यसअघि ‘छक्का पन्जा ३’ ले २० करोड कमाएको निर्माता दीपकराज गिरीले दावी गरेका थिए।

विज्ञापन

फिल्मले बक्स अफिसमा सफलता पाएकोमा निर्देशक गुरुङले खुसी व्यक्त गरे। ‘फिल्म चल्दा खुसी नहुने कुरा भएन। दर्शक हलसम्म आउनु हाम्रो फिल्म हेर्दिनु अत्यन्तै खुसीको कुरा हो। तर रेडर्क तोड्यो भन्ने सामान्य कुरा हो। दर्शकहरूको माया पाइयो त्यो नै ठूलो कुरा हो,’ उनले भने।

‘लामो समयसम्म दर्शकले फिल्म हलमा गएर फिल्म हेरेका थिएनन्। फिल्मले सफलता हात पार्नुमा विभिन्न पाटाहरू छन्। यसमा अघिल्ला सिरिजको पनि उतिकै भूमिका छ। कबड्डी १ देखि ४ सम्म आइपुग्दा दर्शकमाझ कौतुहलता बढाउँदै लग्यो। यसको श्रेय कबड्डी १ लाई पनि जान्छ। त्यस्तै, हामीले फिल्मको प्रमोशनमा पनि निकै ध्यान दिएका थियौं,’ निर्देशक गुरुङले भने।

वितरक प्रचण्डमान श्रेष्ठका अनुसार बक्स अफिसमा ‘कबड्डी’ले करिब ६ करोड र ‘कबड्डी कबड्डी’ले करिब ९ करोड कमाएको थियो। यसैगरी ‘कबड्डी ३’ ले १३ करोड ८५ लाख रुपैयाँ कमाएको थियो।

यसैलाई आधार मान्ने हो भने हालसम्म कबड्डी सिरिजले करिब ५० करोड २२ लाख कमाएको छ।

कबड्डी ४ ले अत्याधिक शो पाउने पहिलो फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनर, पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म, अष्ट्रेलियामा धेरै कमाउने फिल्म, दोस्रो साता धेरै कमाउने फिल्म, सर्वाधिक कमाइ गर्ने फिल्म, तेस्रो सातामा सबभन्दा धेरे कमाउने फिल्मजस्ता रेकर्ड राखेको छ।

जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले पहिलो दिन तीन करोडमाथि कमाएको थियो। समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस