On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, असार २२, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • नवनिर्वाचित जनप्रतिनिधिलाई बर्षमानको चेतावनी : खराब काम गरे कारबाही हुन्छ
समाचार

नवनिर्वाचित जनप्रतिनिधिलाई बर्षमानको चेतावनी : खराब काम गरे कारबाही हुन्छ

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले जनताको अहितमा काम गर्ने र पार्टीलाई बदनाम गरे जनप्रतिनिधिमाथि कारबाही गरिने चेतावनी दिएका छन् । पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले उनीहरुलाई राम्रो काम गर्न निर्देशन दिए ।

 

जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए । निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थियो । ०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए ।

आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिसीट्युरीमा नअल्झिन सुझाव दिए । राम्रो काम गरेर मन जितेपछि जनता आफैं माओवादी खोज्दै आउने उनको भनाइ थियो । राम्रो काम गरेकै कारण भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले जितेकामा यसपटक १२ हजारभन्दा बढीले जित हासिल गरेको चर्चा उनले गरे ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक रेणुलाई दोहर्याउँदा आफ्नो टाउकामा अपजस आउने भन्दा पनि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नमुना कामका आधारमा रेणुलाई पुनः उम्मेदवार बनाउनैपर्ने अडान बारम्बार लिएको पुनले उल्लेख गरे ।

पार्टीको इज्जत र प्रतिष्ठा धुलोमा मिलाउने जनप्रतिनिधिलाई पार्टीमा राखिरहन नसकिने स्पष्टोक्ति उनको छ । ‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने । राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, पुनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने । किनभने मत घटाउने, पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन । गल्ती गरेको छ, गन्हाएको छ । दुनियाँले छि छि गरेको छ । हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन ।’

जनप्रतिनिधिलाई प्रशिक्षित गर्न जेठ १८ र १९ गते प्रशिक्षण राखिएको जानकारी समेत उनले दिए । पुनले यसअघि जितेका ५० प्रतिशत जनप्रतिनिधिले किन निर्वाचन हारे भन्नेबारे कारण खोजिने समेत बताए । पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको बाहक हुनुका नाताले अहिले पनि एजेण्डाका आधारमा माओवादी मुलुकको पहिलो पार्टी भएको दाबी गरे ।

शान्तिपूर्ण प्रतिस्पर्धामा पार्टीको अनुहार जनप्रतिनिधिमा देखिने भएकाले रातदिन जनताका पक्षमा काम गर्न उनको सुझाव थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस