प्रियंका कार्की पछिल्लो समय घरमै छिन् । ५ महिना अगाडि छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् ।
विज्ञापन
बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको रूपमा ब्यस्त रहेको जानकारी दिँदै आएकी छन्
छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द
यसैक्रममा उनले अघिल्लो हप्ता छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ बितेको ५ महिना आफ्ना लागि सबैभन्दा कठिन र महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द पोष्ट समेत गरेकी छन् । जसमा आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् । प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा छन् ।
फेसबुक प्रतिक्रियाहरु