बुधबार, फाल्गुन ५, २०८२
  • होमपेज
  • समाचार
  • पल शाहको मुद्दामा सुनुवाइ हुँदै, उच्च अदालतले जेलमुक्त गर्ला?
समाचार

पल शाहको मुद्दामा सुनुवाइ हुँदै, उच्च अदालतले जेलमुक्त गर्ला?

ब’ला’त्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ।

उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ।

विज्ञापन

ब’ला’त्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालतमा निवेदन दिएका हुन्। तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए।

विज्ञापन

गतसाता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो। तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो। आज दुवै मुद्दा एकसाथ पेश गरिएको छ।

आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने पलको माग छ। नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन्। जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ।

यसअघि जाहेरीमा पलले बलात्कारको आरोप लगाए पनि पीडित नाबालिग र जाहेरवाला उनका बुबाले पनि बलात्कार नभएको बयान दिएका छन्।

पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ। यसअघि दुवै जिल्ला अदालतमा पल शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै दुवै अदालतमा मुद्दा दर्ता भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस