आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • गृहनगरमै बाबुरामलाई धक्का, आफ्नो दलको उमेदवारी नछाड्न कांग्रेसको पत्र
समाचार

गृहनगरमै बाबुरामलाई धक्का, आफ्नो दलको उमेदवारी नछाड्न कांग्रेसको पत्र

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा चुनावी तालमेल नहुने भएको छ ।

कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै पालुङटारमा कांग्रेस एक्दै स्थानीय तह निर्वाचन लड्ने भन्दै तयारी गर्न नगर समितिलाई परिपत्र गरेका छन् ।

विज्ञापन

चुनावी तालमेलका लागि पटक–पटक छलफल गर्दा पनि यहाँ तालमेल सम्भव नभएपछि दलहरूले आ–आफ्ना उमेदवार उठाएका थिए । केन्द्रले भने चुनावी तालमेल गर्न दबाब दिएको थियो ।

विज्ञापन

 

डा. भट्टराईले आफ्नो गृहनगरमा नगर प्रमुख पद नछाड्ने अडान लिएपछि तालमेल सम्भव नभएको कांग्रेस नेताहरू बताउँछन् । भट्टराईले विश्वासपात्र प्रेम गुरूङलाई नगर प्रमुखको टिकट दिएका छन् ।

तालमेल सम्भवन नभएपछि जिल्लामा केन्द्रीय गठबन्धनमा आबद्ध दलहरू मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेका थिए । सोहीबमोजिम उनीहरूले मनोनयपत्र दर्ता पनि गराए ।

तर, भट्टराईको दबाबमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको उमेदवारी फिर्ता लिने प्रयास गरेका थिए । देउवाले गएको शुक्रबार पार्टीबाट नगर प्रमुखका उमेदवार दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता लिएको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाए । तर, ढिला गरी पत्र पुगेको भन्दै उनको उमेदवारी कार्यालयले कायमै राख्यो ।

त्यसपछि केन्द्रको निर्देशन नमान्ने भन्दै कांग्रेसबाट नगर प्रमुखका उमेदवार कँडेलले विज्ञप्ति निकालेका थिए ।

यसैबीच, आज पार्टीका जिल्ला सभापति न्यौपानेले परिपत्र जारी गर्र्दै पार्टीका तर्फबाट उमेदवार बनेका प्रमुख, उपप्रमुख, वडाका सबै अध्यक्ष तथा सदस्यहरू निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस