सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • वामदेव गौतम एकीकृत समाजवादीमा
समाचार

वामदेव गौतम एकीकृत समाजवादीमा

काठमाडौँ । गौतम सक्रिय राजनीतिभन्दा बाहिर रहेका नेता वामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा खुलेका छन् ।

उनी गीतमार्फत एकीकृत समाजवादीमा खुलेका हुन् । एकीकृत समाजवादीको चुनावी गीत गौतमले लेखेका छन् ।

विज्ञापन

उनले २०७८ भदौ १८ गते नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेकपा एकता महाअभियान चलाइरहेका उनले एकीकृत समाजवादीको चुनावी गीत लेखेका हुन् ।

विज्ञापन

गीतको बोल ‘एकीकृत समाजवादी हाम्रो पार्टी हो’ रहेको छ । यो गीत लेखेसँगै उनी एकीकृत समाजवादीमै खुलेको बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस